STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । रोकी राखेको यूपी ६५ बि।पी। ३९११ नंको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो । यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृण्ण कहाँर घाइते भएका छन् । दुर्घटना परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको हो ।
Categorized in अपराध-दुर्घटना