STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्यो

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १८, मंगलबार

माघ १७, काठमाडौं - सरकारले दुधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । लिटरमा ६ रुपैयाँ ५२ पैसा मूल्य बढाइएको हो ।

अब दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पुगेको छ । यसअघि दुधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो ।

किसानले दुधको मूल्य बढाउन माग गर्दै आएका थिए ।

Categorized in बिजनेस