दुई विधेयक विधायन समितिमा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार
राष्ट्रियसभाको आजको बैठकमा ‘सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘प्रमाण दोस्रो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ ।
Categorized in राष्ट्रिय


