STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई केजी चरेससहित तीन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १४, शनिबार

लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो । चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवासी ५३ वर्षीय तुलसा शाही, तातोपानी गाउँपालिका–७ जुम्लाका ४९ वर्षीय नैन शाही र जुनीचाँदी गाउँपालिका–९ जाजरकोटका ४२ वर्षीय नैनबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो । “ शुक्रबार मध्याह्नतिर प्रहरीले होटल छापा मारेको थियो”, प्रहरी उपरीक्षक पन्तले भन्नुभयो, “त्यही क्रममा उनीहरु तीनैलाई होटलमा चरेस खरीद बिक्री गर्ने अवस्थामा पक्राउ गरिएको हो ।” पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना