relans
ni new 83
nib 2082 5

दीप श्रेष्ठको स्वरमा रविन पियाको गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ३, मंगलबार

नेपालका चर्चित गीतकार रविन पियाको मायामय गीतको भिडियो हालै सार्वजनिक गरिएको छ। सुप्रसिद्द गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा मायामा "धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके" बोलको गीतको भिडियो सात समुद्रपारि अमेरिकावाट सार्वजनिक गरिएको हो।

अमेरिकामा रहेर भोगाइका अनगिन्ति यथार्थहरुलाई आत्मसात गर्दै गीतबाट भावनालाई बुलन्द गर्दैआएका गीतकार रविन पियाको यो गीतको भिडियो अमेरिकाको टेक्सास स्थित अस्टिनमा छायाँकन भएको हो । जसमा अमेरिकामा नै रहेका सुबेचन श्रेष्ठ र सेलिका सुनारको अलावा गीतकार रविन पियाको पनि स्वभाविक अभिनय रहेको छ।

अमेरिकामा नै रहेका निर्देशक बी बी फुयाँलको निर्देशन र अक्की शर्माको सम्पादन तथा नेपालमा रहेका ईनेश आर पियाको ग्राफिक्समा तयार भएको हो। छायाँकन भने, गीतकार पियाले नै गरेका हुन। नेपालमा रहँदा ख्यातिप्राप्त कार्टुन चित्रकार समेत रहेका गीतकार पियाको गीतमा सुरेन्द्र मुखियाको संगीत तथा सम्राट थापाको एरेञ्ज रहेको छ।

Categorized in साहित्य-कला
ppp 2