STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दिल्लीमा लगाइएका सबै प्रतिबन्ध सोमबारदेखि हट्ने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १४, शनिबार

एजेन्सी - कोरोनाका कारण दिल्लीमा लगाइएका सबै प्रतिबन्ध हट्ने भएका छन् ।

कोरोनाको संक्रमण दर एक प्रतिशतभित्र झरेपछि विभिन्न विषयमा लगाइएको प्रतिबन्ध दुई महिनापछि हटाउन लागिएको हो । आगामी सोमबारबाट दिल्ली पूर्ण रूपमा प्रतिबन्ध रहित हुनेछ ।

मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको २ हजार जरिवानालाई घटाएर ५ सयमा झारिएको छ ।

रात्रिकालीन कर्फ्यू, पसल व्यवसाय खोल्ने समयसीमा, आधा क्षमतामा मात्रै होटल रेस्टुरा, सिनेमा हल चलाउनुपर्ने सबै खाले प्रतिबन्ध हटाइएको छ । अब सार्वजनिक यातायात मेट्रो र बस पनि पूर्ण क्षमतामा चल्न पाउनेछन् ।

यात्रुलाई हरेक सिटमा बस्ने मात्रै होइन, उभिएर यात्रा गर्ने सुविधा पनि प्राप्त हुनेछ । रात्रिकालीन फर्फ्यू कारण राति ८ बजे बजारहरू बन्द हुँदै आएकोमा त्यो प्रावधान पनि हट्नेछ ।

त्यस्तै, सबै धार्मिकस्थल पूर्वतः सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । अप्रिल १ बाट कुनै पनि शैक्षिक संस्थानले अनलाइन कक्षा लिन नपाउने निर्णयसमेत दिल्ली सरकारले गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय