STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दिल्लीमा अदालत अगाडि गोली चल्दा तीनको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ८, शुक्रबार

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । शुक्रबार भएकाे उक्त घटनामा परी तीन जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएकाे छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय