STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दार्चुला क्रिकेट सङ्घमा भट्ट

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

दार्चुला क्रिकेट सङ्घको पाँचौँ जिल्ला अधिवेशन तथा विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । सदरमुकामस्थित खलङ्गामा सम्पन्न साधारणसभाले देवेन्द्र भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भुवन जोशी, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । यस्तै सदस्यमा खड्कसिंह लोथ्याल, नितिश भट्ट, कैलाशसिंह ठगुन्ना, धनेन्द्रसिंह धामी, विक्रमसिंह बडाल, हर्कबहादुर ठगुन्ना, जयन्ती भट्ट, इन्द्रदेव पन्त र प्रकाशसिंह नबियाल रहेका छन् । यस्तै केन्द्रीय प्रतिनिधिमा जयन्ती भट्ट चयन भएकी छन् । प्रदेश प्रतिनिधिमा दिनेश मल्ल, खड्कसिंह लोथ्याल, देवेन्द्र भट्ट र धमेन्द्रसिंह धामी सर्वसम्मत रूपमा चयन भएका छन् । साधारणसभा दार्चुला क्रिकेट सङ्घका निवर्तमान अध्यक्ष देवेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको हो । यस्तै साधारणसभामा दार्चुला खेलकूद विकास समितिका सदस्य सुरेन्द्रबहादुर बम, अधिवक्ताद्वय धीरेन्द्र साउद, हरिचन्द्र जोशीलगायतको उपस्थिति थियो । नेपाल क्रिकेट सङ्घको विधान २०५५ ९संशोधनसहित० को धारा २२ ९३० बमोजिम गठन भएको पाँच सदस्यीय ‘स्वतन्त्र टोली’ ले विधानको धारा २३ ९५० बमोजिम विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदनमा दार्चुला अपर्याप्त सदस्य भएको र सदस्यता खारेज भएको जिल्लामा परेको भए पनि एक मौका दिने निर्णय गरेको थियो ।
Categorized in खेलकुद