STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दार्चुलामा बाढी पहिरो, दुईको मृत्यु, ११ बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार

काठमाडौं - गएरातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति भएको छ ।

दार्चुलाको नौगाड गाउँपालिकामा गएको पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।

स्थानीय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए ।

गएराति एक बजे तिर खसेको पहिरोमा फँसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ । त्यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन ।

पहिरोले सल्ला गाउँका आठ घर पुरिएका छन, भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँचिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । करिब डेढ दर्जन घरहरू बगेका छन ।

अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाउनुका साथै हालसम्म ११ जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले जानकारी दिनु भयो । उद्धार र खोजी कार्य जारी रहेकाले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना