relans
ni new 83
nib 2082 5

दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १८, शनिबार

चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका सहायक प्रजिअ गोर्कणप्रसाद उपाध्यायले जानकारी दिनुभयो । मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधिलाई निरुत्साहित गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसितको समन्वयमा सो निर्णय गरिएको उहाँले बताउनुभयो । “दशँैमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएको छ”, सहायक प्रजिअ उपाध्यायले भन्नुभयो, “तिहारमा पनि भाइटीकालाई मध्यनजर गर्दै ४८ घण्टा बिक्री बन्द हुन्छ ।” यसअघि चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउँदै आइएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी सङ्घ, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा यहाँका बजार क्षेत्रमा स्थानीय तहसहित बजार अनुगमन गरिरहेका छन् । यस्तै सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ ।
Categorized in राष्ट्रिय
ppp 2