STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दलहरुबीच कुरा नमिलेपछि प्रतिनिधसभाकाे बैठक सकियाे, चैत ३ गते अर्काे बैठक बस्ने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २६, बुधबार

काठमाडौँ - संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आजको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु सिवा र सूर्यबहादुर केसी तथा १२ जना पूर्व–सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठक शोक प्रस्ताव पारित गरेर चैत तीन गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।

Categorized in राजनीति