STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दरबार हाई स्कुलका शिक्षकलाई ल्यापटप !

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १३, बुधबार

सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा दरबार हाई स्कुलको जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयाेग गरेको छ ।

बैंकले डिजिटल कक्षा सञ्चालन गर्नका लागि दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरूका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न उक्त सहयाेग गरेको हो ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीको उपस्थितिमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई उक्त रकमबराबरको चेक मंगलबार हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ ले शैक्षिक संस्थाहरू पूर्ण रूपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरूले डिजिटल कक्षाहरू सञ्चालन गर्दै आए पनि सरकारी विद्यालयहरूमा भने डिजिटल कक्षाहरू सञ्चालन गर्न पर्याप्त स्रोत, साधन र प्रविधिको अभाव छ । यसै कुरालाई मध्यनजर गर्दै बैंकले आर्थिक सहयोग गरेको जनाएको छ ।

सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीहरूलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई ३ लाख रुपैयाँ सहयोग गरेको थियो ।

Categorized in शिक्षा