STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दयाराम दाहाल विकास बोर्डका अध्यक्षमा नियुक्त

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २४, शनिबार

काठमाडाैं - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । ज बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत ६ महिनादेखि रिक्त रहेको थियाे । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन भएको थियो । दाहालले अब २ वर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका निर्देशक दाहालले बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो । जसमा नायक भुवन केसी र संस्कृतिविद् राजेश थापा थिए ।
Categorized in सिनेमा