relans
ni new 83
nib 2082 5

दक्षिणबाराहीमा राखियो तामाको छानो

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २५, शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृतिको धनी मध्यपुरथिमि क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणमा चासो दिनुपर्ने बताउनुभएको छ । गत विसं २०७२ को महाभूकम्पले भत्किएपछि पुनःनिर्माण सकिएको दक्षिण बाराही मन्दिरको पुनःनिर्माण एवं तामाको पाताको छाना छाउने कार्यको आज भएको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जोशीले कला, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणमा युवापुस्तालाई जोड्नुपर्नेमा जोड दिँदै ल्याम्ह पुचःजस्ता संस्थाले सम्पदा संरक्षणमा खेलेको भूमिका अरुले अनुशरण गर्नुपर्ने बताउनुभयो । मध्यपुरथिमिको सामाजिक संस्था ल्याम्ह पुचः र दक्षिण बाराही मन्दिर परिसर सुधार एवं व्यवस्थापन समितिले आयोजना गरेको उक्त कार्यक्रममा उहाँले रु एक लाखसम्म सहयोग गर्ने १० जना र त्यसभन्दा कम सहयोग गर्ने ९० जना स्थानीय दातालाई सम्मान गर्नुभयो । [caption id="attachment_18771" align="alignnone" width="1800"] ??????? ????? ?????
???? ???? ??? ???????? ???? ??????????? ???????????? ?????? ???M ?????? ??? ??????? ???? ????? ??????? ?????? ?????? ????? ???? ?????????????? ????????? ??????? ?????? ??F?? ??????? ????? ????????? ????? ? ???? ???????[/caption] राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६३ लाख ७४ हजार ३७५ को लागतमा पुरातत्व विभागको नेतृत्वमा दक्षिण बाराही मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएपछि ल्याम्ह पुचःको नेतृत्वमा रु ४१ लाख सङ्कलन भएको पुचःका पूर्वअध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । सङ्कलित रकमले मन्दिरमा तामाको पाताको छाना छाउने, मन्दिरको दायाँबायाँ सिंह राख्ने, ढोका निर्माण गर्ने, घण्टा राख्ने, गजुर राख्ने, ढल व्यवस्थापन गर्ने र थिमिका बासिन्दाको दाहसंस्कार गर्ने मसानको नयाँ संरचनासमेत निर्माणमा रु ४० लाख १० हजार खर्च भई रु ९० हजार बचत भएको उहाँले बताउनुभयो । ल्याम्ह पुचःका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले सरकार र नगरपालिकाको कुनै सहयोग र लगानीबिना नै स्थानीय दाताबाट सङ्कलित रकमबाट मन्दिरको छानोमा तामाको पाता राख्नेदेखि थप संरचना निर्माण गर्न सफल भएको बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताले सम्पदाको महत्व र संरक्षणका बारेमा चर्चा गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय
ppp 2