STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थिमिका मेयरले कलाकारिता जगतलाई सघाउने प्रतिबद्धता पोखे

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ ७, बुधबार

मध्यपुर थिमिका मेयर मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा मङ्गलबार मध्यपुर ठिमिमा गायिका कल्पना श्रष्ठको एउटा गीतको म्युजिक भिडियोकाे प्रिमियर सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्नु हुँदै  प्रमुख अतिथी मेयर श्रेष्ठले   नगरपालिकाभित्र नयाँ कलाकारहरु देख्दा खुसी लाग्ने गरेको कुरा बताउनु भयाे ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले गायिका कल्पना श्रेष्ठको गीत ‘छंगु लँ स्वइच्वंगु मिखा’ बोलको गीतको म्युजिक भिडियो लोकार्पण गर्नुभयो । सो अवसरमा श्रेष्ठले नगरपालिकाका कलाकारहरुको प्रतिभा उजागर गर्न आफुले सक्दो सहयोग गर्ने बताउनु हुँदै   कलाकारले कलाकारिता क्षेत्रबाट, खेलाडीले खेल क्षेत्रबाट मध्यपुर थिमिको शिर उँचो बनाएको छ र उहाँहरुको हौसला बढाउनु हामी जनप्रतिनिधिको कर्तव्य हो भनि भन्नु  भयो ।

कार्यक्रममा वरिष्ठ सिने पत्रकार  एवं नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक  विजयरत्न तुलाधरले पछिल्लो समयमा नेपालभाषाका म्यूजिक भिडियो एक पछि अर्को गर्दै रिलिज भइरहेको देख्दा खुसी लागेको बताउनुभयो । अहिले नेपालभाषाका म्यूजिक भिडियोहरुको संख्या मात्र नभई गुणस्तर पनि वृद्धि हुँदै गएको विचार तुलाधरले राख्नुभयो ।

ईलोहं पब्लिकेशनका प्रबन्ध निर्देशक नरेशबीर शाक्यले आफ्नो संस्थाबाट कलाकारहरुको कला प्रस्फुटन गर्ने विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो ।

गायिका कल्पना श्रेष्ठले आफुले निकै मिहिनेत गरेर गीत तयार गरी दर्शक, श्रोतालाई सुम्पेको बताउनुभयो ।

सार्वजनिक गरिएको गीतमा संगीत विजय कायस्थको रहेको छ भने दर्शनबीर शाक्यले गीत रचना गर्नुका साथै म्यूजिक भिडियोको कथावस्तुको परिकल्पना समेत गर्नु भइको छ ।

छायाङ्कन र सम्पादन मनोजरत्न शाहीको रहेको यस म्युजिक भिडियोकाे निर्देशन राजन शाहीले गर्नु भएको छ । गीतको भिडियोमा कलाकार रविन्द्र शाही, रेश्मी महर्जन लगायत गायिका कल्पना श्रेष्ठले पनि अभिनय गर्नु भएको छ ।

Categorized in साहित्य-कला