relans
ni new 83
nib 2082 5

थारू समुदायका ६ महिला खेलाडी सम्मानित

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २५, शुक्रबार

काठमाडौं - विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरू सम्मानित भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाहरूद्वारा आयोजित गुरही पर्वको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम महतो, मनिसा चौधरी, बीच भलिबलकी संगीता चौधरी, ह्यान्डबलकी आदिती चौधरी र हिलिना राना सम्मानित भएका हुन्।

सरस्वती चौधरीले हालै सम्पन्न काभा भलिबलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले प्रतियोगितामा बेस्ट अपोजिट प्लेयरको उपाधिसमेत जितेकी थिइन्। उनको महत्वपूर्ण योगदानले नेपालले भारतलाई पहिलोपटक हराएको थियो। यद्यपि नेपाल फाइनलमा भारतसँगै स्तबन्ध बनेको थियो।

त्यस्तै भुटानमा आयोजित काभा बीच भलिबलमा संगीता चौधरीले उत्कृष्ट प्रदर्शन गरेका थिइन्। उनको योगदानले नेपालले स्वर्ण जित्न सफल भएको थियो। देश र समुदायको नाम चिनाउन ठूलो योगदान गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजक एवं युवा नेता सीताराम चौधरीले बताए।  

Categorized in राष्ट्रिय
ppp 2