STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थाइल्याण्डका एघार दलद्वार प्रत्युतलाई समर्थन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३०, सोमबार

थाइल्याण्डका वर्तमान प्रधानमन्त्री प्रत्युत चान ओ चानलाई फेरी प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका छन् । थाइल्याण्डमा केही हप्ता अगाडी भएको निर्वाचनपछि अहिले नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला एघार दलले उहाँलाई सोमबार समर्थन गरेका हुन् । प्रत्युतको पार्टी पलाङ प्रथा रथले ११५ सिटमा जित हासिल गरेको छ । प्रथा रथले नै सरकारको नेतृत्व गरिरहेको छ भने समर्थन गरेका दलहरु पनि सरकारमा सहभागी हुने भएका छन् ।
Categorized in राष्ट्रिय