STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ३७ सय जनामा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २२, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा १ हजार ८८५ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।

आज कोरोनाका कारण थप २५ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १० हजारस १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ ४२ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम