STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ३४५१ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३२, सोमबार

नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपाल ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा ६७७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम