STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिशुलीमा बस दुर्घटना : ८ वटा शव निकालियाे

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ६, बुधबार

काठमाडौं - त्रिशुलीमा खसेको बसबाट ८ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै २० जना घाइतेको उद्धार गरि अस्पताल पठाइएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस आज बिहान ११ बजे त्रिशुली नदीमा खसेको थियो ।

पछिल्लो जानकारी अनुसार नदीबाट कम्तिमा ८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । थप मृतक पनि फेला पर्ने संभावना रहेकाे स्थानीयकाे भनाइ छ । बस अनियन्त्रित भइ गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशुली नदिमा खसेको थियो ।

Categorized in अपराध-दुर्घटना