STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिवि सेवा आयोगमा लगाइएको ताला खुलाइयाे

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २६, बिहिबार

काठमाडौं - आंशिक प्राध्यापकहरूले त्रिवि सेवा आयोगमा लगाएको ताला खुलाएका छन् । बुधबार साँझ बसेको त्रिवि र आन्दोलनरत पक्षको बैठकपछि ताला खोल्ने सहमति भएकाे हाे । 

आंशिक प्राध्यापक संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बूका अनुसार परीक्षालाई मर्यादित बनाउने र पाठ्यक्रम परिमार्जन गर्न सेवा आयोग सहमत भएपछि ताला खोलिएको हो ।

'पाठक्रम परिमार्जन गर्नुपर्छ भनेका थियौँ, त्यसमा त्रिवि सहमत भयो । प्रश्नपत्र बाहिरिएको विषयमा भने परीक्षालाई मर्यादित बनाउने भनेर उहाँहरूले आश्वासन दिएपछि ताला खोल्यौँ,' लिम्बूले भने ।

सेवा आयोग प्रमुख केदार ढकाल भने पाठयक्रम परिमार्जन गर्ने सहमति भए पनी अर्को विज्ञापन खुलाउँदा मात्र यो लागू हुनसक्ने बताउँछन् । भन्छन्, 'यसपटकको विज्ञापनमा पुरानै पाठ्क्रम अनुसार परीक्षा हुन्छ । अर्को पटकबाट भने परिमार्जित पाठ्यक्रम अनुसार परीक्षा हुन्छ ।'

सेवा आयोगको ताला खोले पनि प्राध्यापक प्राध्यापकहरूले डीन कार्यलयहरूमा लगाएको ताला भने खोलेका छैनन् । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै तालाबन्दी गरिएकाे हाे ।

२१ माघदेखि त्रिवि सेवा आयोगमा ताला लगाइएको थियो । यसबीचमा विद्यार्थीहरूले ताला फोडे पनि आंशिक प्राध्यापकले पुन : सेवा आयोगमा तालाबन्दी गरिरहेका थिए ।

Categorized in शिक्षा