STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १९, बुधबार

माघ १९, काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।

यसअघि त्रिविले कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।

Categorized in शिक्षा