STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिदेशीय फुटबल : कीर्गिस्तानविरुद्ध बंगलादेशको जित

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १०, मंगलबार

काठमाडाैं - बंगलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० ले पराजित गर्दै त्रिदेशीय कपमा सुखद सुरुआत गरेको हो । किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुआतबाट नै दबाब दिएर खेलेको बंगलादेशले अग्रता भने ३०औं मिनेटमा पाएको थियो ।

३०औं मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले किक्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बंगलादेशले अग्रता पाएको थियो । र बंगलादेशको जितका लागि सोही उपहार गोल नै निर्णायक बनेको हो । बंगलादेशका रक्षक मोहमद साद उडिनको क्रस बललाई किलियर गर्ने क्रमा उलु बैमानको बलले जाली चुमेको थियो ।

पहिलो हाफमा पछि परेको किर्गिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गर्‍यो । तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । अन्तिम तिर खेलमा फर्किन निकै संघर्ष गरेको किर्गिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका खेर फालेको थियो । टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरएको थियो । अनमार्क रहेका उनीले हावाबाट आएको बललाई सही दिशा दिन सकेनन् ।

त्यसपछि थप गोल हुन सकेन र बंगलादेशले त्रिदेशीय प्रतियोगितामा उपहार गोलबाट विजयी सुरुआत गरेको हो । यससँगै बंगलादेशले किर्गिस्तानको उमेर समूहमाथि पहिलो पटक जित निकाल्न सफल पनि भएको छ । तर यसअघि भएका चार भेटमा किर्गिस्तानको राष्ट्रिय टोलीलाई बंगलादेशको टोलीले नतिजा सुम्पिएको थियो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच घोषित भए ।

सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नछ । पराजित किर्गिस्तानले बिहीबार नेपालसँग खेल्नेछ ।

Categorized in खेलकुद