STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीन दिनदेखि विद्युत् अवरुद्ध

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार

उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत् लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । विद्युत्को खम्बामा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताउनुभयो । “चाँडै विद्युत् आपूर्ति नियमित गर्ने प्रयासमा जुटेका छौँ”, उहाँले भन्नुभयो । बिजुली नहुँदा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित गरिमा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धाले सास्ती खेप्नु परिरहेको छ । “भत्ता वितरण गर्न समस्या भएको छ”, बैंकका प्रमुख श्याम थापाले भन्नुभयो ।
Categorized in उपत्यका