
तीनकुने सःमिलमा चार जनाको हत्या गर्ने आरोपी प्रहरीद्वारा सार्वजनिक
Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ३१, आइतबार

काठमाडौं - तीनकुने गैरीगाउँस्थि दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भनिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो।
भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिए। बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका थिए। प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो।
गत शुक्रबार राति दिव्य सःमिलमा ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र १९ वर्षीय नविन राईको हत्या भएको थियो। विशाल राईलाई रिसबी साँधेर हत्या गरिए पनि घटना सार्वजनिक हुने डरले अन्य तीन जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।