STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तिज गीत " पियारी ” को प्रिमियरमा विभिन्न विधाका महिला सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २२, सोमबार

तिज गीतका लागि ख्याति कमाएका लोकप्रिय गायिका सुनिता दुलाल को नयाँ तिज गीत  " पियारी ” को सोमबार प्रिमियर सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तिजको वातावरण लाई सशक्त ढंगबाट प्रस्तुत गरिएको सो तिज गीतमा दीपाश्री निरौला,लक्ष्मी जोशी र गायिका दुलाल स्वयंको मुख्य भुमिका रहेको छ भने  विशिष्ट अभिनेता नीर शाह र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीले पनि विशेष भुमिकामा अभिनय गरेका छन् ।

यो भिडियाेको निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने  पुनम श्रेष्ठको कोरियोग्राफि , नवराज उप्रेती को सिनेमाटोग्राफि, बद्रि थापाको स्टिल फोटोग्राफि र प्रबिन भट्ट को सम्पादन रहेको छ ।

 यो गीतको प्रिमियर समारोहमा विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याएका महिलाहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा  अग्रज अभिनेत्री लक्ष्मी गिरी , पूर्व मिस् नेपाल उषा खडगी,अभिनेत्री एवं निर्दशक दीपाश्री निरौला , वरिष्ट गायिका तारा थापा , लोकप्रिय गायिका देविका बन्दना युवा गायिका द्वय् माण्डवी त्रिपाठी र रचना रिमाल , समाजसेवी लक्ष्मी जोशी, हास्य अभिनेत्री पल्पसा डंगोल रहेका छन् । 

सोही समारोहमा " पियारी ” गीतका कलाकार , प्राविधिकहरुका साथै अन्य सहयोगीहरू लाई मायाको चिनो प्रदान गरिएको थियो भने सो समारोहको संचालन संचारकर्मि नरेश भट्टराई ले गरेका थिए ।

Categorized in साहित्य-कला