STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तालिबानको नयाँ नियम : महिला पुरुष सँगै पढ्न नपाइने

Janjati Khabar – एजेन्सी | २०७८ भाद्र २८, सोमबार

तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । 

साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । 

नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले देशमा अब सहशिक्षा अर्थात पुरुष र महिलालाई एकसाथ अध्धयनको अनुमति दिइने छैन । 

हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने बताएका हुन् । उनले विश्वविद्यालयमा पढाई हुने विषयको समीक्षा गरिने पनि घोषणा गरे । 

सन् १९९६ देखि २००१ बीचमा तालिबानको पहिलो शासन कालका बेला पनि अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो । 

तालिबान शासनले नयाँ उच्च शिक्षा नीतिको घोषणा राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएइको भोलिपल्ट गरेको हो । नयाँ नीति अफगानिस्तानमा तालिबानले कब्जा गर्नु पहिले भन्दा निकै भिन्न छ ।

पहिला विश्वविद्यालयमा सहशिक्षालाई अनुमति दिइएको थियो जहाँ पुरुष र महिला एक साथ अध्ययन गर्थे र छात्रारूलाई ड्रेस कोडको पालना पनि अनिवार्य थिएन । 

तर ती नियमहरू भंग गर्दै तालिबान शासनले नयाँ नीति लिएको छ । देशका बासिन्दा मुस्लिम भएका कारण यो नियम लागू गर्न कसैले असहज नमान्ने पनि मन्त्री हक्कानीले दाबी गरे । 

उनले भने, ‘हामीलाई सहशिक्षा व्यवस्था अन्त्य गर्न कुनै समस्या छैन । मानिसहरू मुसलमान छन् र यसलाई स्वीकार गर्नेछन् । ’ 

केहीले नयाँ नियमका आधारमा महिलाहरू शिक्षाबाट बञ्चित हुन सक्ने बताएका छन् । विश्वविद्यालयमा अलग कक्षा सञ्चालनका लागि पर्याप्त जनशक्ति नरहेको उनीहरूको चिन्ता छ । 

तर हक्कानीले महिला शिक्षकको संख्या पर्याप्त रहेको दाबी गर्दै अभाव रहेका स्थानमा अन्य विकल्प अपनाइने बताए । 

उनले भने, ‘यो सबै विश्वविद्यालयको क्षमतामा निर्भर रहन्छ । हामी पर्दा राखेर पुरुष शिक्षक या अन्य प्रविधिको प्रयोग पनि गर्न सक्छौँ ।’ 

उनले देशका प्राथमिक र माध्यमिक विद्यालयमा छात्रा र छात्रलाई अलग–अलग शिक्षा दिइने बताए । अब छात्राहरूले हिजाब लगाउनुपर्ने पनि उनले बताए । 

Categorized in अन्तर्राष्ट्रिय