STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तार व्यवस्थित गरिने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा ९बिस्केट जात्रा०को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार यही चैत २५ गते सम्बन्धित निकाय आफैले व्यवस्थापन गर्ने र अनावश्यक तारहरू हटाउने भएको छ । बिस्का जात्राका सकारात्मक पक्षका बारेमा देशभरी र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकबाट आफ्नो क्षमताअनुसार प्रत्यक्ष प्रसारण गर्ने, जात्रालाई समयमै शान्तिपूर्ण ढङ्गले मनाउने क्रममा स्थानीय जनतालाई उत्साहित गर्न आ–आफ्नो तर्फबाट सूचना प्रकाशित एवं प्रसारण गर्ने, सेवा प्रदायकले नियमाअनुसार भक्तपुर नगरपालिकामा दर्ता र नवीकरण गर्ने तथा नियमानुसार समयमै कर तिर्नेलगायतका सहमति समेत भएको छ । बिस्काः जात्राका रुटको तार व्यवस्थित गर्ने सम्बन्धमा भएको छलफलमा बिस्काः जात्राका क्रममा रथ तान्ने रुट, जात्रा सञ्चालन हुने क्षेत्र र लिङ्गो उठाउने ठाउँमा रहेका तारको अवस्थाबारे जानकारी लिने तथा व्यवस्थापन गर्ने हेतुले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राधिकरण, टेलिकम र केबुल टेलिभिजन, इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिको संयुक्त टोलीले आइतबार स्थलगत निरीक्षण गर्ने निर्णय समेत गरेको छ । छलफलमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दर्ताबिना सञ्चालित व्यवसाय गैरकानूनी हुने भएकाले समयमै नियमसङ्गत रुपले आ–आफ्नो व्यवसाय र केबल नेटवर्क दर्ता गर्नुपर्ने बताउनुभयो । वडा नं– ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जात्राव्यक्ति विशेषको नियन्त्रणमा नहुने भएकोले सम्बन्धित सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट व्यवस्थापनका लागि पहल गर्नुपर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले शहर कुरुप हुनबाट रोक्न र सम्भावित दुर्घटना न्यूनीकरणको लागि अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता भएको बताउनुभयो । आधारभूत विद्यालयका शिक्षक प्रशिक्षणमा भक्तपुर नगरपालिकाले आधारभूत तह ९कक्षा १ देखि ५० मा अध्यापनरत शिक्षकको विषयगत पाठ्यक्रममा आधारित विद्यार्थी केन्द्रित शिक्षक प्रशिक्षण शुरु गरेको छ । नगरपालिकाले नगरभित्रका विद्यालयका शैक्षिकस्तर समान बनाउन नगरभित्रका निजी र सामुदायिक गरी ९२ वटा विद्यालयका शिक्षक तथा शिक्षिकालाई विषयगत प्रशिक्षण शुरु गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालय विद्यार्थीको पहिलो रोजाइँ बनाउन शिक्षक–शिक्षिकाको प्रशिक्षण आयोजना गरेको बताउनुभयो । ‘एक घर एक स्नातक’ को घोषणाले भक्तपुरको शैक्षिक मुहार फेरिएको बताउँदैं प्रमुख प्रजापतिले योग्य र असल नागरिक तयार गर्न शिक्षकले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने बताउनुभयो । नगर शिक्षा अधिकारी मेघनाथ रिमालले पाठ्यक्रमको प्रभावकारी उपयोगको निम्ति शिक्षकशिक्षिकाको तालीमलाई अगाडि सारेको र घोकन्ते शिक्षालाई अब निरुत्साहित गरी विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुपर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय