STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तारामण्डल पुगेको भोयजर–१ले २५ अर्ब किलोमिटर टाढाबाट फेरि पठाउन थाल्यो सन्देश !

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १६, आइतबार

सौर्य मण्डल पार गरेर तारामण्डल प्रवेश गरेको भोयजर–१ले पृथ्वीमा फेरि सन्देश पठाउन थालेको छ । यसले पृथ्वीभन्दा २५ अर्ब किलोमिटर टाढाबाट  सन्देश पठाउन थालेको हो । जसबाट नासाका वैज्ञानिकहरु थप उत्साहित भएका छन् । चिप्समा आएको गढबडीका कारण महिनौ अघि बन्द भएको भोयजर – ले सन्देश पठाउन थालेपछि  बैज्ञानिकहरु उत्साहित बनेका हुन् । 

भोयजर १ पृथ्वीबाट यति टाढा छ कि पृथ्वीबाट पठाएको सन्देश त्यहाँ पुग्न झण्डै १ दिन आर्थत् साढे २२ भण्टा लाग्दछ ।  पृथ्वीबाट चन्द्रमाको दूरी ३ लाख ८२ किलोमिटर छ भने सूर्यको करिब १५ करोड किलोमिटर छ । तर भोयजर १ चन्द्र र सूर्यभन्दा पनि धेरै टाढा २४ अर्ब ३० करोड किलोमिटरको दूरीमा छ ।

यो यान सन् २०१२ मा यो सौर्यमण्डभन्दा बाहिर ताराको शृंखलामा प्रवेश गरेको थियो । 

Categorized in विज्ञान-प्रविधि