STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तराई–मधेशमा गर्मीको जोखिम

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

विशेषगरी तराई–गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा ९लु० र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक गरेको प्रतिवेदनमा गर्मी बढ्ने क्रममा रहेको र देशको दक्षिणी भेगमा गर्मी रात, अग्रिम मनसुन र मनसुनको समयमा वर्षा धेरै हुनेगरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । जल तथा मौसम विभागको सहयोगमा सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क अध्ययन गरिएको थियो । तीन जिल्लाका ३१८ सहभागीलाई गरिएको अध्ययनमा ५० प्रतिशत सहभागीमा बढ्दो तापक्रमले स्वास्थ्यमा समस्या देखिएको प्रतिवेदनले औल्याएको छ । प्रतिवेदन भन्छ, “तराई–मधेशमा गर्मीलहरको जोखिम उच्च हुँदै गएको छ । यससित जुध्न समयमै समस्या सम्बोधन हुनु जरुरी रहेको छ ।”
Categorized in राष्ट्रिय