STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डेरावाल हत्या प्रकरण : भाजंगालबासीको पत्रकार सम्मेलन, गलत समाचारप्रति आपत्ति

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार

काठमाडौं – घरधनीले डेरावालको हत्या भएको घटनामा कीर्तिपुर भाजंगालबासीले पत्रकार सम्मेलन गरी गलत समाचार सम्प्रेषण भइरहेको चिन्ता व्यक्त गरेका छन् । कीर्तिपुर नपा ७ वडा भाजंगालका ६ जना घरधनी मिलेर एकजना निर्दोष बहालवालाको हत्या गरेको जस्तो भ्रामक समाचार मिडियामा आइरहेकाले यसबारे मिडियालाई सत्यतथ्य दिन भाजंगालबासीले सो पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा भाजंगालबासीले सो घटनामा घरधनी प्रेमकृष्ण महर्जनको मात्र संलग्नता रहेको तथा अरु ५ जनाको संलग्नता नरहेको, उनीहरुलाई समेत मुछिएर गलत समाचार सम्प्रेषण भइरहेको जानकारी दिएका थिए । साथै, भाजंगालबासीले सो घटनामा मिडियामा समाचार आएजस्तो कसैको अपहरण नभएको पनि जनाएका छन् । त्यस्तै रडले हानेको जस्ता भ्रामक समाचारप्रति पनि टोलबासीले खण्डन गरेका छन् । दोषीलाई कारबाही हुनुपर्छ भन्ने मान्यता टोलबासीको रहे पनि समातिएका निर्दोषहरुलाई रिहा गरिनुपर्ने उनीहरुको माग छ । घटनाका प्रत्यक्षदर्शीसँग प्रहरीले बयान लिइसकेको र उनीहरुले अदालतमा पनि यसबारे सत्यतथ्य नै बयान दिने जनाउँदै भाजंगालबासीले भ्रामक समाचारले टोल तथा कीर्तिपुर नगरपालिकाको बेइज्जत भइरहेकोले त्यस्ता समाचारप्रति घोर आपत्ति जनाएका छन् ।

तस्बिर साैजन्य : नजरराम महर्जनको फेसबुक

Categorized in उपत्यका