STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डेनमार्ककाे राजधानीकाे सपिङ मलमा गाेलाबारी

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २०, सोमबार

एजेन्सी - डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । 

कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले गोलाबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । गोलाबारीपछि घटनास्थलमा भागदौड मच्चिएको थियो ।

प्रहरी प्रमुख थोमसेनले हमलाको कारण स्पष्ट नभएको बताए । तर यो ‘आतंकवाद’सँग सम्बन्धित घटना रहेको विषयलाई नकार्न नमिल्ने उनले बताए । 

प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताएकी छन् । 

Categorized in अन्तर्राष्ट्रिय