STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डेंगु रोगीको संख्या २२ हजार ९८८ पुग्यो, २९ को मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ८, शनिबार

 

काठमाडौं - मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ ।

साथै हालसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगु रोगी देखिएको मन्त्रालयने जनाएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा १७ हजार ७३१ जनामा डेंगु देखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश २ हजार ८२१ जना, सुदूर पश्चिममा ७७७ जना, प्रदेश १ मा ५९१ जना, गण्डकीमा ५१५ जना, मधेश प्रदेशमा ३२३ जना र कर्णाली प्रदेशमा २३० जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम