STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डेंगीबाट २७ हजार बढी संक्रमित, ३६ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १२, बुधबार

काठमाडौं - लामखुट्टेको टोकाइबाट सर्ने डेंगीबाट साउनयता ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार बुधबारसम्म देशभर ३६ जनाको मृत्यु भइसकेको छ भने २७ जहार ५६९ जना संक्रमित भएका छन् । 

मन्त्रालयका अनुसार देशका ७७ मध्ये ७६ जिल्लामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जना संक्रमित भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २३६ जना संक्रमित भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा ३ हजार ५० जना संक्रमित हुँदा प्रदेश १ मा ८्र१५ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना संक्रमित भएका छन् । यस्तै गण्डकीमा ६५३ र मधेस प्रदेशमा ४०५ जना संक्रमित भएका छन् । 

Categorized in स्वास्थ्य-मौसम