STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डा. उपाध्यायबाट नइलाई प्राप्त एघार लाखबाट नइ, कपिल विद्या पदक स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २९, सोमबार

lनइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई आज हस्तान्तरण गर्नुभएको हो ।

यसभन्दाअघि डा. उपाध्यायले नइ प्रकाशनको अक्षयकोषका लागि छ लाख रूपियाँ प्रदान गर्नुभएको थियो भने हाल सम्ममा उहाँबाट एघार रुपिंया नइ प्रकाशनलाई प्राप्त भईसकेको छ ।

यस एघार लाख रूपियाँमध्ये दस लाख रूपियाँ राशिको व्याजबाट नइ प्रकाशनले दुर्गम क्षेत्रका जेहेनदार विद्यार्थीको हित हेतु ‘नइ कपिल विद्यापदक’को स्थापना गर्ने निर्णय गरेको छ । 

हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित 'नइ कपिल विद्यापदक' दुर्गम जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने दुई जना छात्रालाई प्रदान गरिने छ ।

नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड छैसट्ठी लाख रूपियाँ मौजुद रहेको कुरा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ ।

Categorized in साहित्य-कला