STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डाेटीमा बस दुर्घटना, ५ जनाकाे अवस्था गम्भीर

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ७, शनिबार

काठमाडौं - अछामतर्फ गइरहेकाे बस आज बिहान डाेटीमा दुर्घटनाग्रस्त भएकाे छ ।  दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।

उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नंको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो । अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Categorized in अपराध-दुर्घटना