STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

डान्सिङ क्वीन आराध्यालक्ष्मी खड्गीको निर्देशनमा “सरर बग्यो हावा...” म्यूजिक भिडियो शनिबार सिटी सेन्टरबाट रिलिज हुने

Janjati Khabar – LALENDRA SHAKYA | २०८१ भाद्र २१, शुक्रबार

डान्सिङ क्वीन कलाकार निर्देशक कोरियोग्राफर आराध्यालक्ष्मी खड्गीको निर्देशन, कोरियोग्राफी एवं स्क्रीप्टमा नेपाली भाषाको म्यूजिक भिडियो “सरर बग्यो हावा...” भाद्र २२ गते शनिबार रिलिज हुने भएको छ ।

हालका चर्चित सोहन मानन्धरको सिनेमाटोग्राफी, सम्पादनमा रिलिज हुने यस म्यूजिक भिडियोमा डा. सरीशा श्रेष्ठ र चर्चित ¥यापर निर्णय श्रेष्ठ एनएसकेको अभिनय रहेको छ भने सहायक भूमिकामा बबिता पाण्डे, झरना रेग्मी, सुनिता खड्का, कीर्ति बलामी, श्रीकीर्ति बलामीकोअभिनय रहेको छ ।

बरिष्ठ गीतकार हरिगोपाल प्रधानको शब्द रचनामा चर्चित गायिका सुवानी मोक्तान र निर्णय श्रेष्ठ एनएसकेको स्वर रहेको यस गीतका कम्पोजर किशोर खतिवडा हुन् भने संगीत संयोजन अमुल कार्की दलीले गर्नुभएको छ । यस गीतको ओरिजिनल सिंगर सरीता अधिकारी हुन् ।

शब्दयात्रा प्रकाशन बनेपा निर्माता रहेको यस म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राणा मगरको विशिष्ट उपस्थिति रहने जानकारी आयोजकको तर्फबाट बरिष्ठ गीतकार हरिगोपाल प्रधानले दिनुभएको छ ।

बरिष्ठ गीतकार हरिगोपाल प्रधानको विश्व कीर्तिमान कायम गर्ने म्यूजिक भिडियो “सरर बग्यो हावा...” (प्याराग्लाइडिङ उडानमा १९०० मिटरको उचाइमा मिड एयरको पोस्टर र म्युजिक भिडियो सार्वजनिक गरिएको) को आधिकारिक स्क्रिनिङ कार्यक्रम अनुरुप हुनलागेको हो ।

भाद्र २२ गते शनिबार बिहान ९ बजे काठमाडौंको कमपलपोखरीस्थित सिटी सेन्टरमा हुने उक्त म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा आयोजकको तर्फबाट सम्पूर्णमा उपस्थितिको लागि आमन्त्रण गरिएको छ ।

Categorized in साहित्य-कला