relans
ni new 83
nib 2082 5

ट्रस पुल उद्घाटन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ५, आइतबार

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न विकासमा ऐक्यबद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने नारालाई आत्मसात गरी अघि बढ्नु पर्ने बताउनुभएको छ । जस्तिक तज टोल विकास समितिको आयोजनामा हनुमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको शनिबार उद्घाटन गर्दे उहाँले रातलाई अँध्यारो भयो भनी सराप्नुभन्दा एउटा बत्ती बाली उज्यालो वातावरण सिर्जना गर्नुपर्ने विचार राख्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख तथा हनुमन्ते नदी सफाइ अभियानका संयोजक बासुदेव थापा, सहसंयोजक तथा उपप्रमुख जुनादेवी बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाललगायतले हनुमन्ते करिडोर निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय
ppp 2