relans
ni new 83
nib 2082 5

ट्रम्पलाई बालेन शाहको आग्रह : डीभी बन्द गर्नुहोस्

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १३, मंगलबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डाइभरसिटी भिसा (डीभी) रोक्न आग्रह गरेका छन्। उनले बिहीबार राति फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै स्टाटस लेखेका हुन्। 

जसमा उनले भनेका छन्, ‘कृपया आफ्नो वासना (डीभी) दासत्व पनि बन्द गर्नुहोस्। हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौँ। बाँकी संसारलाई तपाईंको देशमा आउन प्रतिबन्ध लगाउनुहोस् र संसारलाई अघि बढ्न दिनुहोस्।’

मेयर शाहले राष्ट्रपति ट्रम्पलाई नेपाल अमेरिकाभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएको भन्दै धन्यवाद पनि दिएका छन्।

‘प्रिय डोनाल्ड ट्रम्प, हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएकामा धन्यवाद’, शाहले लेखेका छन्, ‘हामी गरिब छौँ, किनभने हाम्रा मानिसले देश छाडिरहेका छन्। तपाईंहरू गरिब हुनुहुन्छ, किनभने तपाईंका मानिसले आफ्नो देश बनाउन सक्दैनन्। तपाईं अल्छी मानिसहरूलाई संसारकै सहाराको आवश्यकता छ।’

balen_yqrAqjQtRt.png

Categorized in राष्ट्रिय
ppp 2