STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्रक दुर्घटनाका मृतक सबैको सनाखत

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३२८३ नंको मिनिट्रक दुर्घटनामा परेका तीनै जनाको सनाखत भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताउनुभएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरी निरीक्षकको प्रेम क्षेत्रीको टोली घटनास्थलमा पुगिसकेको छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकाले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने क्षेत्रीले बताउनुभयो । सडकबाट ३०० मिटर तल खसेको गाडीको पछाडिको चक्का पूरै जलेको छ । सेतो गाडी कालो देखिएको छ । मृतकको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । प्रत्यक्षदर्शी प्रहरी ठगीराम शर्माले जानकारी दिनुभएको छ । ट्रकमा भएको चामल, चाउचाउ भिरभरि छरपष्ट परेको स्थानीयले जानकारी दिएका छन् ।
Categorized in अपराध-दुर्घटना