STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २०, बुधबार

काठमाडौं - तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते हुनेमा धेरै बालबालिका छन् । ना४ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल रहेका छन् ।

ट्रक चालक आँबुखैरहनी प्रहरीको नियन्त्रणमा छन् । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना