STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ट्रकको ठक्करबाट महिलाको मृत्युपछि रौतहट तनावग्रस्त

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ७, बिहिबार

काठमाडौं - ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ को राजमार्ग खुला भएको छ ।

स्थानीय भोलि शुक्रबार दिउँसो १२ बजेभित्र सवारी धनी वा संघका प्रतिनिधिहरुबीच छलफल गरेर सहमति खोज्ने शर्तमा हाललाई बन्द राजमार्ग खुला गरिएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बिहीबार दिउँसो बागमतीको नहरमा रहेको पुलमा पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का अन्दाजी ५५ वर्षीय बिमला कुमारी बिमलिको मृत्युपछि स्थानीयले राजमार्ग बन्द गरेका थिए ।

आक्रोशित स्थानियले दोषी चालकलाई कारवाही गर्नुपर्ने, मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतको माग राख्दै मृतकको शव राजमार्गमा राखेर करिब ६ घण्टा पूर्व पश्चिम राजमार्ग बन्द गरेका थिए । त्यसपछि पौराइ चौकीमा स्थानीय र सुरक्षा निकायका प्रतिनिधिबीच भोलि छलफल गरेर सहमति खोज्ने शर्तमा राजमार्ग खुला भएको हो ।

उनका अनुसार शुक्रबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सबै पक्षहरु बीचमा छलफल गर्ने र सहमती निकाल्ने शर्तमा आजलाई राजमार्ग खुलाएको बताए । भोलि १२ बजेसम्म सहमति ननिस्किए पुनः कडा आन्दोलन गर्ने उनले चेतावनी दिए । अहिले मृतकको शवलाई चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राख्ने र सहमति पश्चात मात्र पोष्टमार्टम लगायतका कार्यहरु गर्ने उनले बताए ।

राजमार्ग खुलेपछि अहिले साना सवारीसाधनहरु निर्वाध रुपमा सुचारु भएको र पुलको बीचमा रहेको जलाएको ट्रक पुलबाट हटाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक सुशिल आर्चायले जानकारी दिए । ट्रकलाई डोजरको सहयताले पुलबाट हटाउने प्रयास भइरहेको र सो पश्चात ठूला सवारी पनि निर्वाध रुपमा सुचारु हुने उनले बताए ।

Categorized in अपराध-दुर्घटना