STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान सुधार

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १३, बुधबार

काठमाडौं - टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आफ्नो प्रदर्शनमा आफू खुशी रहेको बताएकी छन् । बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरेपछि उनले भनिन्– ‘खुसी लागेको छ । अलिक थकाई पनि लागेको छ । आनन्द भयो। राम्रो स्वीम गर्न सकेकोमा ।’

उनले कुनै समय लक्ष्य विनानै खेलेको बताएकी छिन् । ‘जति सक्दो राम्रो गर्ने भन्ने मेरो प्रयास थियो । यतिमै सक्छु भन्ने थिएन’, हाँस्दै उनले भनिन्,‘ कुनै खेलाडीलाई लक्ष्य लिएर खेल्दा राम्रो हुन्छ । म चाहिँ सकेको राम्रो गर्ने कोशिस गर्छु ।’

कोभिड महामारीका कारण पछिल्लो एक वर्षमा ८ महिना अभ्यास गर्न नपाएको जनाउँदै गौरिकाले लङ कोर्समा भन्दा आफूलाई सर्ट कोर्समा प्रतिस्पर्धा गर्न सहज लाग्ने बताइन् । तीन सातापछि अध्ययनका लागि अमेरिका जाने क्रममा रहेकी गौरिकाले लण्डन फर्कने बताइन् । ‘अब तीन सातामा अमेरिका जान्छु । त्यसैले परिवारसँग बस्छु, ‘उनले थपिन्‘ अबको लक्ष्यबारे उता गएपछि नयाँ प्रशिक्षकसँग सल्लाह गरेपछि मात्र कुन कसरी खेल्ने भन्ने हुन्छ ।’

टोकियो अब्वाईटिक्स सेन्टरमा पहिलो चरणमा प्रतिस्पर्धा गरेकी गौरिकाले १ मिनेट ११ मिलिसेकेण्ड समयसहित लङ कोर्समा कीर्तिमान सुधार गरेकी हुन् । हिट्स १ को लेन ४ मा गौरिकाले ५० मिटरको लङ कोर्समा कीर्तिमान बनाएकी हुन् ।

बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । गौरिकाले ५० मिटरको लङ कोर्समा २०१९ मा भएको १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको कीर्तिमान बनाएकी थिइन् । टोकियो ओलम्पिकमा उनले उक्त कीर्तिमान सुधार गरेकी हुन् ।

गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । २०१६ को रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

Categorized in खेलकुद