relans
ni new 83
nib 2082 5

टुल्के दाई आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर ५, मंगलबार

कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निर्वाह गरेका छन्। 

बाबुराम शाक्यको साथमा मायादेबी श्रेष्ठ,  सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेत,  श्रीजना कार्की, रजनी खड्का, बिष्णु भण्डारी, सुनिता कार्की, हिरा श्रेष्ठ लगायतका कलाकारको टेलिचलचित्रमा मुख्यभुमिका रहेको छ। 

बाबुराम शाक्यको कथामा सौरभ दवाडीले पटकथा सम्बाद तयार पारेका हुन्। सिरियलको शिर्ष गीतमा जय देबकोटाको शब्द संगित र स्वर रहेको छ।अनिल जिसीको छायांकन रहेको टुल्केदाइको सम्पादन मुकेश हमालले गरेका हुन्। बि. एम. पिक्चर्सको प्रस्तुति रहेको टुल्केदाइको निर्देशन सरोज दाहालले गरेका हुन्।

 

प्रोमोसनल भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in सिनेमा
ppp 2