STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टिकट नपाएपछि घनश्याम भुसाल स्वतन्त्रबाट लड्ने घोषणा

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २३, आइतबार

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन् । आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए ।

उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन् ।

सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको थियो । माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए ।

Categorized in राजनीति