STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टिकटक प्रतिबन्धविरुद्ध प्रयोगकर्ता आन्दोलित

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ४, सोमबार

काठमाडौं- सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध टिकटक प्रयोगकर्ताहरू आन्दोलित बनेका छन् ।

गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत पीडित देखिएको उनीहरूले उल्लेख गरेका छन् ।

उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन, फेसबुकमा लगाउनु पर्ने आन्दोलनकर्ताको भनाई छ । नेपाली गीतसङ्गीतको पहुँच विश्वव्यापी बनाउन पनि टिकटक महत्वपूर्ण भएको उनीहरूको तर्क छ ।

उनीहरूले हात दुख्यो भन्दैमा हात काटेर फाल्ने हैन त्यसको उपचार गर्नुपर्ने भन्दै टिकटक वा अन्य सामाजिक सञ्जालहरूलाई प्रतिबन्ध हैन नियम बनाएर त्यसअनुसार नेपालमा चल्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् । 

टिकटक वा अन्य सञ्जाल चलाएर अरबौं रुपैयाँको ब्यान्डविथ खर्च गरेको भन्दै यही मौकामा सबैलाई नेपालमै डाटा सेन्टर स्थापना गराएर त्यसको नियम अनुसार सञ्चालन गर्नसके अरबौं बचत हुने साथै प्रयोगकर्ताको डाटा सुरक्षित हुने पनि आन्दोलनकर्ताहरुको भनाई छ ।

यस्तै, उनीहरूले नेपालका भएको विद्युत प्रयोग गरेर डाटा सेन्टर चलाउने हो भने त्यसले नेपाललाई खर्बौं कमाउने माध्यम बन्ने एवं लाखौ नयाँ रोजगारी सिर्जना हुन सक्ने पनि बताएका छन् । 

Categorized in राजनीति