STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

झोलुङ्गे पुल बनाउन तालीम

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार

झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका सात स्थानीय तहबाट १० वटा झोलुङ्गे पुलका उपभोक्ता समितिका ४९ जना सहभागी छन् । समाज विकास केन्द्र सोडेकले जिल्लाका विभिन्न स्थानमा यो वर्ष १० वटा झोलुङे पुल निर्माण गर्नेछ । अझै पनि झोलुङ्गे पुलको अभाव रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । शाक्यले झोलुङ्गे पुलको माग अत्यधिक रहेकाले सङ्घ प्रदेश र स्थानीय तहले निर्माण गर्न पहल गर्नुपर्ने बताउनुभयो । खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले स्थानीय जनता जोखिम मोलेर खोला तर्न वाध्य रहेका बेला पुल निर्माणले भरपर्दो यातायातको सुविधा पुग्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय