relans
ni new 83
nib 2082 5

झापामा फुसको छानो हटाउन शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २२, मंगलबार

नेपाल सरकारले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम शुरु गरेको छ । शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत झापाका ती दुई निर्वाचन क्षेत्रका एक हजार ४०० परिवारको घरमा फुसको छानो हटाएर जस्तापाताको छानो लगाइदिने शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ । खर र परालले छाएको फुसको छानो आगलागी तथा अन्य विपत्तिका बेला असुरक्षित हुने भएकाले सरकारले सुरक्षित आवासका लागि यस्तो अभियान शुरु गरेकोे कार्यालयका इञ्जिनीयर भूपेन्द्र यादवले बताउनुभयो । गरिब तथा विपन्न समुदायले फुसको छानोमुनि बस्नुपर्ने बाध्यताको अब अन्त्य हुने उहाँको भनाइ छ । निर्वाचन क्षेत्र नम्बर ५ मा हालसम्ममा ३५० घरमा जस्ताको पाता हाल्ने कार्य सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर ३ मा लक्षित परिवारको लगत सङ्कलन कार्य भइरहेको यादवको भनाइ छ । उनीहरुलाई दुई किस्तामा अनुदान रकम नगदै प्रदान गरिँदै आएको छ । पहिलो किस्ता जस्तापाता खरिदका लागि रु ३० हजार र दोस्रो किस्ता काम सम्पन्न भइसकेपछि रु २० हजार सम्बन्धित व्यक्तिको बैंक खातामा कार्यालयले जम्मा गरिदिने गरेको उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय
ppp 2