STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

झापामा अङ्गीकृत नागरिकता लिने घटे

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५र७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४र७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा २०७५र७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३६२ ले कमी भएको छ । विगत दुई आवको तुलना गर्दा झापामा नागरिकता र राहदानी लिनेहरु घटेका छन् । आव २०७५र७६ मा १५ हजार २८८ जनाले र २०७४र७५ मा १६ हजार ५४९ जनाले नागरिकता लिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो । यो सङ्ख्या अघिल्लो आवको भन्दा एक हजार २६१ ले कमी हो । आव २०७५र७६ मा १२ हजार ८३२ जनाले र २०७४र७५ मा १३ हजार ०७६ जनाले राहदानी लिएका छन् । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या २४४ ले कमी हो । प्लस टू पास गरेर बाहिर अध्ययनका लागि जाने विद्यार्थी र वैदेशिक रोजगारमा जाने युवायुवतीका कारण राहदानी लिने बढेको सहायक पोखरेलले बताउनुभयो ।
Categorized in उपत्यका