STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

झापाको शरणार्थी शिविरमा आगलागी

Janjati Khabar – Janjati Khabar | २०८० पौष ८, आइतबार

काठमाडौं- झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन वटा छाप्राहरू जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।

घिमिरेसहित अन्य ३ वटा घर तथा भित्र रहेको लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण करिव ५ लाख बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको प्रहरीले अनुमान गरेको छ ।

आगो नियन्त्रण गर्न डेढ घण्टालागेको थियो ।

Categorized in अपराध-दुर्घटना